१३औं दक्षिण एसियाली खेलकुद

नेपाललाई थ्रि अन थ्रि बास्केटबलमा रजत

Published

on

नेपाली बास्केटबलले दक्षिण एसियाली खेलकुद इतिहासमा पहिलो रजत पदक प्राप्त गरेको छ ।

दशरथ रँगशालास्थित मिनी कभर्ड हलमा सोमबार भएको फाइनलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदक जितेको हो । नेपालले अहिलेसम्म बास्केटबलमा कास्य पदक मात्र जितेको थियो ।

फाइनलमा नेपाल भारतसँग २०–१५ ले पराजित हुन पुग्यो । सेमिफाइनलमा नेपाली टोलीले श्रीलंकालाई २१–९ ले पराजित गरेको थियो ।
राउण्ड रोबिन लिगमा नेपाल श्रीलंका र भारत दुवै टोलीसँग पराजित भइसकेको थियो । श्रीलंका राउण्ड रोबिन लिगपछि तेश्रो स्थानमा रहेको थियो ।

यस्तै फुल कोर्टमा अहिले नेपाली पुरुष टोलीले बलियो भारतको सामना गरिहेको छ । पहिलो दुई क्वार्टरसम्म भारत ५३–३३ ले अघि रहेको छ ।  महिला टोलीले पनि साँझ हुने सेमिफाइनलमा माल्दिभ्सको सामना गर्दैछ ।

Click to comment

Trending