१३औं दक्षिण एसियाली खेलकुद

नेपाललाई ९५ रनको लक्ष्य  

Published

on

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कास्य पदकको खेलमा नेपालले जीतका लागि ९५ रनको सामान्य लक्ष्य पाएको छ ।

खेलमा टस जीतेर पहिले बलिंग गरेको नेपालले ललित नारायण राजबंशीको घातक बलिंगमा माल्दिभ्सले २० ओभरमा नौं विकेट गुमाएर ९४ रन बनायो ।

माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा ललितले तीन विकेट लिए भने सुशन भारीले दुई पारस खड्काले एक विकेट हात पारे । ललितले चार ओभरमा मात्र छ रन खर्चिए भने पारसले त्यती नै ओभरमा १८ रन दिए ।

माल्दिभ्सका लिम शाफीगले १०औं नम्बरमा ब्याटिंग गर्दै आफ्नो टोलीको तर्फबाट अविजित रहँदै सर्वाधिक १९ रन बनाए ।

 

Click to comment

Trending