१३औं दक्षिण एसियाली खेलकुद

नेपाल फुटबलको फाइनलमा, लगातार दोश्रो स्वर्ण जित्ने दाउमा

Published

on

नेपाल १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रँगशालामा आइतबार भएको राउण्ड रोबिन लिगको अत्यन्तै महत्वपूर्ण खेलमा बङ्गलादेशमाथि १–० गोलका साँंघुरो जित दर्ता गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोल निर्णायक बन्न पुग्यो ।

दक्षिण एसियाली खेलकुद इतिहासमा नेपाल पहिलो पटक लगातार दुई संस्करण फाइनल प्रवेश गरेको हो । सन् २०१६ को १२ औं संस्करणमा पनि नेपालले फाइनलमा स्थान बनाउदै भारतलाई पराजित गर्दै स्वर्ण जितेको थियो ।

लगातार दोश्रो स्वर्णको नजिक पुगेको नेपालले फाइनलमा अब भुटानको सामना गर्नेछ । भुटान भने आफ्नो फुटबल इतिहासको उत्कृष्ट उपलब्धि हात पार्दै पहिलो पटक सागको फाइनल पुगेको हो ।

राउण्ड रोबिन लिग समाप्त हुदाँ नेपाल १० अंक सहित शिर्ष स्थानमा कायम रह्यो भने भुटानको ९ अंक रह्यो । श्रीलंका र बङ्गलादेशलाई हराएको भुटानले लिग खेलमा नेपालसँग ४–० को फराकिलो जित हात पारेको थियो ।

नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी गरेको थियो भने माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो ।

Click to comment

Trending