१३औं दक्षिण एसियाली खेलकुद

गौरिका सिँहको सागमा नया इतिहास, एकै संस्करणमा तीन स्वर्ण जित्ने एक मात्र नेपाली

Published

on

नेपाललाई ऐतिहासिक उपलब्धि दिलाउदै आएकी गौरिका सिँहले नेपाली दक्षिण एसियाली खेलकुद इतिहासकै सवोत्कृष्ट किर्तिमान कायम गरेकी छिन् ।

सातदोबाटो स्विमिङ कम्प्लेक्समा आइतबार गौरिकाले तीन स्वण जित्न सफल भएकी छिन् । एकै संस्करणमा तीन स्वर्ण जित्ने गौरिका एक मात्र नेपाली खेलाडी भएकी छिन् । उनले तेश्रो स्वर्ण जित्ने क्रममा ४ सय मिटर फ्रि स्टाइलमा पहिलो स्थान हासिल गरिन् ।

गौरिकाले चार मिनेट २५ दशमलव २८ सेकेण्डमा स्वर्ण पदक जितेकी थिइन् । दोश्रो स्थानमा रहेकी सिवाँगी सिँहले चार मिनेट २६ दशमलव २२ सेकेण्ड लगाएकी थिइन् । यसअघि गौरिकाले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रि स्टाइलको स्वर्ण पदक जितेकी थिइन् ।

गौरिकाले शनिबार १ सय मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी थिइन् । उनको नाममा टिम रिलेको कास्य पनि रहेको छ । यो सँगै गौरिकाले नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने खेलाडीहरुको सुचिमा लिजेण्डरी धावक बैकुण्ठ मानन्धर र तेक्वान्दोकी आयशा शाक्यको बराबरी गरेकी छिन् ।

बैकुण्ठले सागको पहिलो तीन संस्करणमा लगातार तीन स्वर्ण म्याराथनमार्फत जितेका थिए । सनु २०१० को स्वर्ण पदक बिजेता आयशाले यसै संस्करणमा थप दुई स्वर्ण थपेकी थिइन् ।

बैकुण्ठले सागको पहिलो तीन संस्करणमा लगातार तीन स्वर्ण म्याराथनमार्फत जितेका थिए । नेपालका लागि साग इतिहासमा सर्वाधिक जित्ने खेलाडीको सुचिमा दिपक बिष्ट अग्रपंिक्तमा रहेका छन् । उनले चार स्वर्ण जितेका थिए ।

Click to comment

Trending