१३औं दक्षिण एसियाली खेलकुद

साग फुटबलः नेपाललाई बङ्गलादेशबिरुद्ध एक गोलको अग्रता

Published

on

महत्वपूर्ण खेलमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बङ्गलादेशबिरुद्ध १–० को अग्रता लिन सफल भएको छ ।

दशरथ रँगशालामा नेपालले सुनिल बलको गोलमार्फत अग्रता लिएको हो । ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिलले दोश्रो बार च्याप्दै आकर्षक गोल गरेका थिए । नेपाललाई फाइनल प्रवेशका लागि बराबरी पर्याप्त हुनेछ भने बङ्गलादेशलाई जितको आवश्यकता छ ।

बङ्गलादेशले जितेको खण्डमा नेपाल हेड टु हेड रिजल्टका आधारमा प्रतियोगिताबाट बाहिरिनेछ । भुटान यसअघि नै पुरुष फुटबलको फाइनलमा प्रवेश गरिसकेको छ । भुटान पहिलो पटक कुनै पनि फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल समापन समारोह अघि दशरथ रँगशालामा हुनेछ ।

Click to comment

Trending