१३औं दक्षिण एसियाली खेलकुद

साग पुरुष बास्केटबलः माल्दिभ्सलाई सहजै पराजित गर्दै नेपाल सेमिफाइनलमा

Published

on

माल्दिभ्सबिरुद्ध सुधारिएको प्रदर्शन गर्दै नेपाल १३ औं दक्ष्णि एसियाली खेलकुदको पुरुष बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बङ्गलादेशबिरुद्ध समुह ए को पहिलो खेलको तेश्रो क्वार्टरमा खराब प्रदर्शन गरेपछि ६७–६१ ले पराजय बेहोरेको नेपालले आइतबार दशरथ रँगशालास्थित कभर्ड हलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित ग¥यो । नेपालले अब सेमिफाइनलमा स्वर्ण दाबेदार भारतसँग खेल्नेछ । आइतबार नै हुने अर्को सेमिफाइनलमा बङ्गलादेशले श्रीलंकाको सामना गर्नेछ ।

रोमाञ्चक खेलको पहिलो क्वार्टरमा ५२ सेकेण्ड बाकी रहँदा पाँच अंकले पछाडी रहेको नेपालका लागि सौरभ श्रेष्ठले लगातार दुई स्कोरमा फल ड्र गरेपछि नेपालले एक अंक (१८–१७) को अग्रता लिन सफल भएको थियो ।

दोश्रो क्वार्टरमा बिजय बुर्जा र पहिलो पटक राष्ट्रिय टोलीका लागि कोर्टमा उत्रेका बिकास गुरुङको ३–३ अंकको मद्दतमा नेपालले ४१–२९ ले अघि बढ्यो । बङ्गलादेशबिरुद्धको खेलमा चल्न नसकेको नेपाली डिफेन्सले माल्दिभ्सबिरुद्ध भने राम्रो गरेको थियो ।

तेश्रो क्वार्टरमा पनि नेपाल माल्दिभ्सबिरुद्ध हावी हुदै अग्रता कायम गर्न सफल भएको थियो । असिम श्रेष्ठ र आयुस सिँहले दुई मिनेट ३४ सेकेण्ड बाकी रहेको स्थितिमा पाँच अंक नेपालको नाममा लखाएपछि नेपालले ५६–३६ अग्रता कायम गर्न सफल भयो । नेपाल चौथो तथा अन्तिम क्वार्टरमा प्रवेश गर्दा उसले १८ अंक (५८–४०) को स्पष्ट अग्रता लिएको थियो ।

नेपालले ठूलै अग्रता बनाएपछि माल्दिभ्सले खेलमा फर्किदै अन्तिम क्वार्टरमा ३ मिनेट ४८ सेकेण्ड बाकी हुँद दुरीलाई १० अंक (६३–५३) मा झारिसकेको थियो । तर नेपालले चाहिएको समयमा स्कोर गर्दे जित सुनिश्चित गरेको थियो ।

नेपालका लागि असिम श्रेष्ठले १८, आयुष सिँहले १५ र कप्तान सदिस प्रधानले १४ अंकको योगदान दिएका थिए । आइतबारै हुने खेलमा नेपाली महिला टोलीले भुटानको सामना गर्नेछ । आफ्नो पहिलो खेलमा महिला टोलीले बङ्गलादेशलाई ९२–५ को फराकिलो अन्तरले हराएको थियो ।

Click to comment

Trending