१३औं दक्षिण एसियाली खेलकुद

नेपाल साग फुटबलको फाइनल नजिक, माल्दिभ्स २–१ ले पराजित

Published

on

नेपाली टोली १३ औं दक्षिण एसियाली खेलकुद पुरुष फटबलको फाइनल नजिक पुगेको छ । दशरथ रँगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

खेलको १८ औं मिनेटमै माल्दिभ्सले गोल गर्दै अग्रता लिएपछि नेपाली दर्शक शान्त हुन पुगेका थिए । ४३ औं मिनेटमा अभिषेक रिजालले खेल बराबरी गरेका थिए । त्यसपछि अनन्तले ७५ औं मिनेटमा गोल गर्दै नेपाललाई बिजयी बनाए ।

यो खेल सँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ। माल्दिभ्स भने ४ खेलमा मात्र २ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनल पुग्न आज हुने भुटान बिरुद्ध श्रीलंकाको खेल नतिजा कुर्नु पर्ने देखिन्छ ।

भरिएको दशरथ रँगशालामा माल्दिभ्सले नेपाललाई स्थब्ध बनाएको थियो । माल्दिभसले १८ औं मिनेटमा पाएको कर्नरबाट गोलको सृजना गरेको थियो । इब्राहिम महुदी हुसेनले ट्याप गर्दै गोल लाइन नजिकबाटै माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।  ४३ औं मिनेटमा अनन्तले आफ्नै डि बक्सबाट निकालेको लामो पासको सदुपयोग गर्दै अभिषेकले दोश्रो बार च्याप्दै भलिमा गोल गरेपछि दशरथ रँगशाला गुञ्जायमान बनेको थियो ।

पहिलो हाफमा नेपालले अन्य थुप्रै गोल गर्ने अवसर गुमाएको थियो । ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार माथिल्लो बारमा लागेर रिबाउण्ड भएको थियो । माल्दिभ्सले गोल गरेको तीन मिनेटपछि नै अभिषेकले निकालेको क्रसमा रेजिन सुब्बाको हेडर साइड बारमा लागेर बाहिरिएको थियो ।

२७ औं मिनेटमा अनन्तको फ्रि हेडरलाई माल्दिभसले गोल लाइनबाटै क्लियर गरेको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा नेपालले २–१ को आग्रता लिना सफल भयो । सुनिल बलको कर्नरमा अनन्त तामाङको लो हेडरलाई माल्दिभ्सका गोलरक्षकले बचाउन सकेनन् । यस्तै ५३ औ मिनेटमा माल्दिभ्सका इब्राहिमले ले गरेको प्राहारले गोल पोस्टको दिशा लिना सकेन ।

केही मौका सृजना गर्दै खेलेको नेपालले ७० औ मिनेटमा पाएको फ्रिकिकमा अनन्तको हेडरले जाली चुम्न सकेन । ७५ औ मिनेटमा माल्दिभ्सका हैसामले ६ यार्ड बक्स भित्रबाट गरेको फितलो प्रहार गोलरक्षक विकेश कुथुले बचाएका थिए । नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार बङ्गलादेशको सामना गर्नेछ ।

Click to comment

Trending