१३औं दक्षिण एसियाली खेलकुद

भुटान पहिलो पटक साग फुटबलको फाइनलमा 

Published

on

भुटान नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पुगेको छ । भुटान साग फुटबलको फाइनल प्रवेस गरेको यो पहिलो पटक हो ।
भुटानले आजको भएको आफ्नो अन्तिम समुह चरणको खेलमा श्रीलंकालाई ३-० को अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । चार खेलमा भुटानले नौं अंक जोडेको हो ।
भुटानलाई एतिहासिक फाइनल सम्म डोर्याउने क्रममा छिमी दोर्जे, दावा छिरिङ र एशि दोर्जेले समान एक एक गोल गरे । भुटानले दोर्जेको गोल मार्फत १९औं मिनेट अग्रता लिएको हो । त्यस्तै ६९औं मिनेटमा छिरिङले पेनाल्टी मार्फत गोल गर्दै भुटानको अग्रता दोब्बर पुर्याए । त्यस्तै खेलको ८०औं मिनेटमा दोर्जीले गोल गर्दै भुटानलाई सहज जीत दर्ता गराए ।
भुटानले फाइनलमा आयोजक नेपाल र बंगलादेश मध्य एकसँग खेल्ने छ । नेपाल र बंगालदेश दुबैको चार खेलमा समान ७-७ अंक रहेको छ । नेपालले जीत अथवा ड्र गरेमा नेपाल फाइनलमा प्रवेस गर्नेछ भने बंगलादेशले जीत निकालेको खण्डमा उसले फाइनलको यात्रा तय गर्नेछ ।

Click to comment

Trending