१३औं दक्षिण एसियाली खेलकुद

साग थ्रि बाई थ्रि बास्केटबलः नेपालले बङ्गलादेशलाई हरायो

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदमा बङ्गलादेशसँग फुल कोर्ट बास्केटबलमा बेहोरेको हारको बदला नेपाली थ्रि बाई थ्रि टोलीले हाफ कोर्टमा लिएको छ ।

पुरुष बास्केटबल अन्तर्गत फुल कोर्ट खेलमा नेपाल बिहिबार बङ्गलादेशसँग ६७–६१ ले पराजित भएको थियो । तर शनिबार राष्ट्रिय खेलकुद परिषद स्थित मिनि कभर्ड हलमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१४ ले पराजित गर्न सफल रह्यो ।

दोश्रो खेलमा भने नेपाल श्रीलंकासँग पराजित भयो । चार टोलीमात्र समावेश थ्रि बाई थ्रि बास्केटलमा अर्को टोली भारत रहेको छ । राउण्ड रोबिन लिगका आधारमा पहिलो दुई स्थान ओगट्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ ।

फुल कोर्टका लागि भने पाकस्तान बाहेक सागकाअन्य सबै टोलीको सहभागिता रहेको छ । फुल कोर्टमा नेपालले आइतबार माल्दिभ्सको सामना गर्न गइरहेको छ । सेमिफाइनलमा स्थान बनाउनका लागि सदिस प्रधानको नेतृत्वमा रहेको टोलीले खेल जित्नै पर्नेछ ।

Click to comment

Trending