१३औं दक्षिण एसियाली खेलकुद

साग पुरुष क्रिकेट : नेपाल बङ्गलादेशसँग पराजित, स्वर्ण दौडबाट बाहिरियो

Published

on

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो अन्तिम लिग खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा कप्तान नाज्मुल होसेन सान्टो र अफिफ होसेनले आक्रमक अद्र्धशतक प्रहार गरेपछि बङ्गलादेशले ६ विकेटको क्षतिमा १ सय ५५ रनको चुनौतिपूर्ण योगफल खडा ग¥यो । जवाफमा नेपाल २० ओभरमा १ सय ११ रनमात्र बनाउन सक्यो ।

पराजयपछि नेपालको स्वर्ण पदकको दौडबाट बाहिरिएको छ । नेपालले अब कास्यका लागि मङ्गलबार भुटान अथवा माल्दिभ्ससँग खेल्नेछ ।

शनिबारको खेलमा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए भने दिपेन्द्र सिँह ऐरिले १६ रन बनाउनु बाहेक अन्य ब्याट्स्म्यानहरुले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ज्ञानेन्द्रले तेश्रो विकेटका लागि दिपेन्द्रसँग ३२ रनको साझेदारी गरेका थिए । यो नै खेलमा नेपालको सबैभन्दा ठूलो पार्टनरसिप रहेको थियो ।

४३ बलकै सामना गरेका ज्ञानेन्द्रले तीन चौका र एक छक्का प्रहार गरेका थिए । दिपेन्द्रले १३ बलमा दुई चौका हिर्काए । बङ्गलादेशका लागि सुमोन खान, तन्विर अस्लम र माहेदी हसनले दुई–दुई विकेट लिएका थिए ।

यसअघि पुर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङ्ग गर्दै पहिलो १६ रन भित्रैे तीन विकेट लिएपनि बङ्गलादेशले सान्टो र होसेनको आकर्षक इनिङ्गसमा पाँच विकेट गुमाउदै मजबुत योगफल खडा ग¥यो । सान्टो र होसेनले ५६ बलमा ९४ रनको साझेदारी गरेका थिए ।

बङ्गलादेशको रन गति बढाउने काम होसेनले गरेका थिए । उनले २८ बलम ६ चौका र एक चौकाको मद्दतमा ५२ रन बनाए । सान्टो ६० बलमा ७५ रन बनाउदै नटआउट रहे । उनले चार छक्का र चार चौका प्रहार गरेका थिए ।

अन्तिम ओभरमा दिपेन्द्र सिँह ऐरिले होसन र नया ब्याट्स्म्यान माहिदुल इस्लाम आंकोनको विकेट लिएपछि बङ्गलादेशले मात्र १० रन बनाएको थियो ।

यसअघि खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा पारसले पहिलो दुई ओभरमै तीन विकेट लिएपछि बङ्गलादेश दवाबमा आएको थियो । नेपालको लागि खतरनाक हुन सक्ने अनुभवि ब्याट्स्म्यान सौम्य सरकार ६ रन बनाउदा पारसको बलमा करण केसीद्वारा पोइन्टमा क्याच आउट भएका थिए ।

स्पिन बलिङ्ग गर्दै दोश्रो ओभर लिएर आएका पारसले आफ्नो पहिलो ओभरमै ओपनर मोहम्मद नैमलाई ६ रनमा बोल्ड गरेका थिए । चार रनमात्र खर्च गरेका पारसले आफ्नो दोश्रो ओभरमा सरकारसँगै सैफ हसनलाई पनि शुन्यमै बोल्ड गरेका थिए । पारसले कसिलो बलिङ्ग गर्दै चार ओभरमा मात्र १५ रन खर्चिएका थिए ।

माल्दिभ्स र भुटानलाई हराएको नेपाल आफ्नो पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

Click to comment

Trending