१३औं दक्षिण एसियाली खेलकुद

माल्दिभ्सलाई ८ रनमा अल आउट गर्दै नेपाललाई महिला क्रिकेटमा कास्य

Published

on

नेपाली महिला क्रिकेट टोलीले माल्दिम्सलाई ८ रनमै अल आउट गरेको छ । दक्षिण एसियाली खेलकुद अन्तर्गत कास्यका लागि भएको खेलमा माल्दिभ्सलाई ८ रनमै अल आउट गर्दे १० विकेट हात पारेपछि पदक प्राप्त गरेको हो ।

पोखरा रँगशालामा भएको खेलमा नेपालका लागि अञ्जली चन्दले एकपटक फेरि चार विकेट लिएपछि माल्दिभ्स ११ दशमलव तीन ओभरमै अल आउट भएको थियो । अञ्जलीले चार ओभरमा तीन मेडन राख्दै मात्र एक रन खर्चेकी थिइन् ।

अञ्जलीले नै बिश्व किर्तिमानी बलिङ्ग गर्दै पहिलो लिग खेलमा एक रन पनि नखर्चि ६ विकेट लिएपछि माल्दिभ्स १६ रनमै समेटिएको थियो । उक्त खेलमा नेपाल पाँच बलमै बिजयी भएको थियो । माल्दिभ्स बिहिबार भएको खेलमा पनि बङ्गलादेशबिरुद्ध ६ रनमै अल आउट भएको थियो ।

शनिबारको खेलमा अञ्जली बाहेक सरित मगर र कप्तान रुबिना क्षेत्रीले पनि दुई–दुई विकेट लिएका थिए । माल्दिभ्सका ९ ब्याट्स्उमन खाता नखोली पेभिलियन फर्किएका थिए । ओपनर रोमा थापा (५) र काजाल श्रेष्ठ (दुई) ले एक दशमलव एक ओभरमा नेपाललाई जित दिलाएका थिए ।

आइतबार हुने फाइनलमा बङ्गलादेश र श्रीलंका खेल्नेछन् । नेपाल बङ्गलादेशसँग १० विकेट र श्रीलंकासँग ४१ रनले पराजित भएको थियो ।

Click to comment

Trending