१३औं दक्षिण एसियाली खेलकुद

नेपाललाई म्याराथनमा पनि स्वर्ण, बैकुण्ठ मानन्धर र टिका बोगटीपछि किरण तेश्रो नेपाली

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदको सातौं दिन नेपालले शान्दार शुरुवात गरेको छ ।

नेपालले शनिबार म्यारथनमा स्वर्ण पदक जितेको छ । नेपालका लागि किरण किरण सिँह बोगटीले स्वर्ण जितेका हुन् । नेपालले लामो समयपछि दक्षिण एसियाली खेलकुदको म्याराथनमा स्वर्ण पदक जितेको हो ।

सन् २०१० मा बङ्गलादेशमा भएको ११ औं सागमा नेपालका लागि राजेन्द्र भण्डारीले स्वर्ण जितेपनि आयोजक दुरीमा चुकेपछि त्यसलाई पछि रोड रेसको नाम दिइएको थियो । किरणले निर्धारित ४२ दशमलव १९५ को दुरी दुई घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गरेका थिए ।
किरण नेपालका लागि दक्षिण एसियाली खेलकुदमा नेपालका लागि म्याराथोनमा पदक जित्ने तेश्रो खेलाडी भएका छन् ।

यसअघि बैकुण्ठ मानन्धरले १९८४ मा शुरु भएको पहिलो दक्षिण एसियाली खेलुकददेखि लगातार तेश्रो संस्करणसम्म स्वर्ण पदकको ह्याट्रिक गरेका थिए ।

अर्को स्वर्ण टिका बोगटीले जितेका थिए । दक्षिण एसियाली खेलकुद म्याराथनमा बैकुण्ठले राखेको समयको किर्तीमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन ।

Click to comment

Trending