अन्तर्राष्ट्रिय

चेल्सीको ट्रान्स्फर ब्यान फुकुवा

Published

on

इङ्लिश फुटबल क्लब चेल्सीमाथि लगाइएको ६ महिनादेखिको ट्रान्स्फर ब्यान फुकुवा भएको छ ।

फिफाले लगाएको ट्रन्स्फर ब्यानबिरुद्ध चेल्सीको अपीललाई कोर्ट अफ आब्रिट्रेसन फर स्पोर्टले आधा घटाएपछि चेल्सीले जनवरीदेखि खेलाडीहरू भित्र्याउन पाउने भएको हो ।

१८ बर्ष भन्दा मुनिको खेलाडी भित्र्याएको र त्यस माथि तेस्रो पक्षको नियम उलघन गरेको आरोप लागेको चेल्सीलाई फिफाले २ ट्रन्स्फर विन्डोको लागि खेलाडी भित्राउन नपाउने गरि प्रतिबन्ध लगाएको थियो । चेल्सीले पहिलो समर विन्डो प्रतिबन्ध मा बिताए पनि अब आउने जनवरी विन्डोमा खेलाडी किनबेचमा ठूलै हलचल ल्याउने आंकलन गरिएको छ ।

समर विन्डोमा ३६६,७५ मिलियन युरो बचाएको चेल्सीले त्यस्को लागि आफ्नो स्टार प्लेयर एडिन हजार्डलाई गुमाउनु परेको थियो । फ्रांक लाम्पर्डको आगमन पछि चेल्सी जती बलियो भएको छ त्यो भन्दा बलियो बनाउन अब आउने जनवरी ट्रान्स्फर विन्डोमा लाम्पर्डले कती खर्छ गर्छन भन्नेमा भर पर्ने छ ।

Click to comment

Trending