१३औं दक्षिण एसियाली खेलकुद

करण केसीको तुफानी पारीमा सम्हालियो नेपाल 

Published

on

एक समय मध्य स्कोर तर्फ लम्केको नेपालको लागि करण केसीले तुफानी पारी खेल्दै पारी सम्हाले पछि १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको छ ।
आठौं नम्बरमा ब्याटिंग गर्न आएका करणले १६ बलमा दुई चौका र चार छक्काको मद्धतमा सर्वाधिक ४० रन बनाए । करणले अन्तिम ओभरमा समान २-२ चौका र छक्का प्रहार गर्दै नेपाललाई विशाल योगफल बनाउन सफल भए ।
नेपालको तर्फबाट दिपेन्द्र सिंह एरीले चौथों नम्बरमा ब्याटिंग गर्दै ३९ रन बनाए । ३६ बलको सामना गरेका उनले दुई चौका प्रहार गरे ।
नेपालको लागि ओपनरद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले क्रमसः ११ र १९ रन बनाए भने आरिफ शेखले पनि १७ रनको पारी खेले । नेपालका अन्य ब्याट्सम्यानमा रोहित कुमार पौडेल १०, बिनोद भण्डारी १९ रन बनाए भने पवन सर्राफले रनको खाता पनि खोल्न पनि सकेनन् ।

Click to comment

Trending