१३औं दक्षिण एसियाली खेलकुद

गोपीलाई ५ हजार मिटर दौडमा स्वर्ण पदक

Published

on

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ३७ औं स्वर्ण पदक जितेका छ । दशरथ रँगशालको ट्रयाकमा भएको ५ हजार मिट दौडमा नेपालका लागि गोपी चन्द्र पार्कीले स्वर्ण पदक जित्न सफल भएका हुन् ।
जारी सागमा नेपालले एथ्लेटिक्समा जितेको यो दोश्रो स्वर्ण पदक हो । यसअघि महिला १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् । नेपालले एथ्लेटिक्सको महिलातर्फ जितेको त्यो नै एक मात्र अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।
यस्तै  गोपीले नेपालका लागि लामो समयपछि मध्य दुरीको दौडमा स्वर्ण जितेका हुन् । उनले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव २० सेकेण्डमा पुरा गरेका थिए । अर्का नेपाली खेलाडी हरि कुमार रिमालले पनि नेपालका लागि कास्य जितेका छन् ।
हरिले १४ मिनेट ५७ दशमलव ०५ सेकेण्डमा रेस पुरका गरेका थिए । भारतका सुनिल दवारले रजत पदक जित्न पुगे । उनले १४ मिनेट ५५ दशमलव २१ सेकेण्ड लगाएका थिए । बिहिबार भएका एथ्लेटिक्सका तीन बिधामध्ये पाकिस्तानले दुई स्वर्ण जितिकेको छ ।
नेपालले बिहिबार मात्रै ७ वटा स्वर्ण पदक जितेको थियो । जारी साग नेपालको लागि प्रदर्शनका आधारमा अहिलेसम्मकै उत्कृष्ट बनिसकेको छ ।

Click to comment

Trending