१३औं दक्षिण एसियाली खेलकुद

सहभागिता नै अन्यौलमा रहेको बिधामा निमालाई दोश्रो स्वर्ण

Published

on

१२ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक बिजेता निमा घर्तिमगर उसुको नान्दाओ अल राउण्डमा प्रतिस्पर्धा गर्ने खेलाडी हुन् । भारतमा २०१६ मा भएको सागमा नेपालले मात्र तीन स्वर्ण जित्दा देशको नाक बचाउने उनी पनि एक थिइन् ।
१३ औं संस्करण घरमै हुने हँदा उत्साहित बनेकी निमा एकपटक फेरि देशका लागि स्वर्ण जित्दै इतिहास रच्न चाहन्थिन् । तर उनको स्पर्धामा प्रतिस्पर्धी नै नहुने भएपछि निमाले केही क्षण निराशा मै बिताइन् । नेपाल उसु संघ निमाबाट स्वर्ण जित्नेमा बिश्वस्त थियो ।
यसको लागि उसले सागका सहभागि राष्ट्रहरुसँग निमाको प्रतिस्पर्धी भित्राउन निकै कसरत ग¥यो । त्यसपछि शुरु भयो निमाको पर्खाइ । साग शुरु हुनअघि सम्म पनि निमाले प्रतियोगितामा खेल्ने नखेल्ने बिषयमा अनभिज्ञ नै थिइन् ।
अन्तत निकै लामो कसरतपछि नेपाल उसु संघले निमाको प्रतिस्पर्धी भित्रायो । बिहिबार लगनखेलस्थित आर्मी फिजिकल फिट्नेस एण्ड ट्रेनिङ्ग सेन्टरमा निमा प्रतिस्पर्धाका लागि उत्रिन् र बङ्गलादेश र श्रीलंकाका प्रतिस्पर्धीबिरुद्ध निकै उच्च प्रदर्शन दिएर सागमा लगातार दोश्रो स्वर्ण पदक जितेर किर्तामान नै कायम गरिन् ।
निमाले १८ दशमलव ९१ अंक प्राप्त गरिन् भने दोश्रो भएकी बङ्गलादेशी खेलाडी मोर्जिना अख्तरले १६ दशमलव ३० अंक बटुलिन् । १३ औं दक्षिण एसियाली खेलकुदमा उनले उसुको लागि चौथो र नेपालको लागि ३० औं स्वण पदक जित्न सफल बनिन् ।

Click to comment

Trending