१३औं दक्षिण एसियाली खेलकुद

विदेशमा बसे पनि म नेपाली हो र यो मेडल नेपालको लागि हो : गौरिका सिंह 

Published

on

नेपालकी पौडी खेलाडी गौरिका सिंहले आफु बेलायतमा बस्ने भएता पनि आफु नेपाली भएको र आज जीतेको स्वर्ण पदक नेपालको लागि भएको बताएकी छिन् ।
गौरिका सिँहले नेपाली स्विमिङ्गमा नै इतिहास रच्दै देशको लागि पहिलो स्वर्ण पदक जितेकी हुन् । बेलायतमै हर्किएर नेपालको लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको लागि सहभागिता जनाइरहेकी गौरिकाले सातदोबाटोमा नयाँ बनेको स्विमिङ्ग पुलमा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय ब्यक्तिगत स्वर्ण पदक जितेकी हुन् ।
नेपालको लागि स्विमिङ्ग इतिहासमा यो नै अहिलेसम्म कै ठूलो उपलब्धि हो । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण रच्दै किर्तिमान रचेकी हुन् । ब्यक्तिगत स्विमिङ्गमा यसअघि ठूलो उपलब्धि पनि गौरिकाकै नाममा रहेको छ । गौरिकाले २०० मिटरको कोर्स पुरा गर्न दुई मिनेट ७ दशमलव १९ सेकेण्ड लगाएकी थिइन्
उनले भारतमै सम्पन्न १२ औं सागमा रजत पदक जित्दै इतिहास रचेकी थिइन् । नेपालले यसअघि काठमाडौंमै भएको सन् १९९९ को ८ औं दक्षिण एसियाली खेलकुदमा टिम रिलेमा स्वर्ण पदक जितेको थियो । पहिलो स्थान ओगटेको भारत अयोग्य भएपछि नेपालले उक्त स्वर्ण पाएको थियो ।
जारी सागमा गौरिकाले नेपालको लागि ३२ औं स्वर्ण जितेकी हुन् । नेपालले गौरिकाको पदकसँगै ३२ यो सागमा ३२ औं स्वर्णको नयाँ इतिहास बनाएको थियो । नेपालले ८ औं सागमा जितेको ३१ स्वर्ण अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन रहेको थियो ।

Click to comment

Trending