१३औं दक्षिण एसियाली खेलकुद

साग बास्केटबलः  तेश्रो क्वार्टरमा खराब प्रदर्शन गर्दा नेपाल बङ्गलादेशसँग स्तब्ध

Published

on

तेश्रो क्वार्टरमा खराब प्रदर्शन गरेपछि नेपाली पुरुष बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुदको आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ६७–६१ पराजय बेहोरेको छ ।

दशरथ रँगशालस्थित कभर्ड हलमा बिहिबार भएको खेलमा दुवै टोलीले कुनै पनि समय खेलमा ठूलो अग्रता लिन सकेन । अन्तिम क्वार्टरमा चार मिनेट १८ सेकेण्ड बाकी रहदा अब्दुल ओवादुदको दुई पोइन्टले ९ अंक (६०–५१) को अग्रता बनाएपछि बङ्गलादेश खेलमा अघि बढेको थियो ।

लगत्तै मबिन्द्र क्षेत्रिले दुई वटा फ्रि थ्रो मिस गरेका थिए । २ मिनेट २७ सेकेण्ड बाकी हुदा अर्को दुइै फ्रि थ्रो पाएका मबिन्द्रले दुवै कन्भर्ट गरेपछि बङ्गलादेशको अग्रता ७ अंकमा झरेको थियो । त्यसपछि कप्तान सदिस प्रधानको दुई अंकमा नेपालले दुरी पाँच अंकमा छोट्यायो ।
२ मिनेट ८ सेकेण्ड बाकी हँदा बिजय बुर्जाले सजिलो ले अपमा चुकेपछि नेपाललाई थप घाटा लाग्न पुगेको थियो । एक मिनेट ४८ सेकेण्ड बाकी रहँदा समसुज्जान खानले तीन अंक स्कोर गरेपछि बङ्गलादेशले फेरि ८ अंकको अग्रता बनायो । असिम श्रेष्ठ र मबिन्द्रले २–२ अंक स्कोर गर्दा नेपाल ४२ सेकेण्ड बाकी हुँदा चार अंकले मात्र पछि परेको थियो ।

बल आफ्नो पोजेसनमा लिने रणनीतिमा फल गर्दा समसुजाले दुई वटै फ्रि थ्रोमा स्कोर गर्न पुगे । २१ सेकेण्ड बाकी रहँदा बुर्जाले दुई अंक स्कोर त गरे तर अर्को हाफमा नइमुर रहमान २० सेकेण्ड बाकी हुदा दुवै फ्रि थ्रोमा नचुकेपछि नेपाल पराजित हुन पुगेको थियो ।

नेपालका लागि तेश्रो क्वार्टर भने बिर्सन लायक रहेको थियो । बङ्गलादेश १४–१२ ले अघि परेको उक्त क्वार्टरमा नेपालको १२ टर्नओभर रहेको थियो । पहिलो क्वार्टरपमा नेपालले दुई अंक १७–१५ को झिनो अग्रता लिएको थियो । दोश्रो क्वार्टर बङ्गलादेशले २०–१५ ले आफ्नो पक्षमा पार्दै दोश्रो हाफमा तीन अंकको अग्रता लिन सफल भएको थियो ।

बङ्गलादेशका लागि यसअघि नेपाल पुलिस क्लबबाट नेपाल बास्केटबल लिग खेलेका खालिद मेहमुद आकाशले सर्वाधिक १७ अंक स्कोर गरेका थिए भने समसुज्जानले १६ अंक बटुले । नेपालका लागि सौरभ श्रेष्ठले १२, बुर्जा र सदिशले ११–११ स्कोर गरेका थिए ।
नेपालले अब आफ्नो दोश्रो तथा अन्तिम लिग खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ । दुई समुह रहेको बास्केटलमा पहिलो दुई स्थान हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

Click to comment

Trending