१३औं दक्षिण एसियाली खेलकुद

गौरिकालाई स्विमिङ्गमा ऐतिहासिक स्वर्ण, १३ औं साग अहिलेसम्म कै उत्कष्ट

Published

on

गौरिका सिँहले नेपाली स्विमिङ्गमा नै इतिहास रच्दै देशको लागि पहिलो स्वर्ण पदक जितेकी छिन् ।

बेलायतमै हर्किएर नेपालको लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको लागि सहभागिता जनाइरहेकी गौरिकाले सातदोबाटोमा नयाँ बनेको स्विमिङ्ग पुलमा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय ब्यक्तिगत स्वर्ण पदक जितेकी हुन् ।

नेपालको लागि स्विमिङ्ग इतिहासमा यो नै अहिलेसम्म कै ठूलो उपलब्धि हो । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण रच्दै किर्तिमान रचेकी हुन् । ब्यक्तिगत स्विमिङ्गमा यसअघि ठूलो उपलब्धि पनि गौरिकाकै नाममा रहेको छ । गौरिकाले २०० मिटरको कोर्स पुरा गर्न दुई मिनेट ७ दशमलव १९ सेकेण्ड लगाएकी थिइन्

उनले भारतमै सम्पन्न १२ औं सागमा रजत पदक जित्दै इतिहास रचेकी थिइन् । नेपालले यसअघि काठमाडौंमै भएको सन् १९९९ को ८ औं दक्षिण एसियाली खेलकुदमा टिम रिलेमा स्वर्ण पदक जितेको थियो । पहिलो स्थान ओगटेको भारत अयोग्य भएपछि नेपालले उक्त स्वर्ण पाएको थियो ।

जारी सागमा गौरिकाले नेपालको लागि ३२ औं स्वर्ण जितेकी हुन् । नेपालले गौरिकाको पदकसँगै ३२ यो सागमा ३२ औं स्वर्णको नयाँ इतिहास बनाएको थियो । नेपालले ८ औं सागमा जितेको ३१ स्वर्ण अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन रहेको थियो ।

नेपालले बिहिबार मात्रै ७ स्वर्ण पदक जितिसकेको छ । आयोजकले जारी सागमा स्वर्ण सख्ंया ३६ पुगेको छ । साइक्लिङ्गको क्रस कन्ट्री रेसको पुरुष र महिला दुवै तर्फ नेपालले स्वर्ण जितेको थियो । लक्ष्मी मगर र बुद्धिबहादुर तामाङले साइक्लिङ्गमा स्वर्ण जितेको हो ।

नेपालले बिहिबार उसुबाट स्वर्णको यात्रा शुरु गरेको थियो । उसुमै नेपालका लागि जुनि राइले अर्को स्वर्ण जितेकी थिइन् । यस्तै तेक्वान्दोमा नेपालका लागि भुपेन श्रेष्ठले ८७ केजी तौल समुह र भारत्तोलनमा सञ्जु चौधरीले स्वर्ण पदक जितेकी हुन् ।

Click to comment

Trending