१३औं दक्षिण एसियाली खेलकुद

उसुकी निमा घर्तिमगरलाई ऐतिहासिक स्वर्ण

Published

on

उसु खेलाडी निमा घर्ती मगरले नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक स्वर्ण पदक जीतेकी छिन् । लगातार दुई सागमा स्वर्ण जीत्ने उनी पहिलो उसु खेलाडी बनेकी हुन् ।
निमाले उसु को थाउलो अन्तर्गत नान्दौमा स्वर्ण हात पार्न सफल भएकी हुन् । उनले भारतमा भएको १२औं सागमा पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् ।
निमाले स्वर्ण पदक हात पार्ने क्रममा बंगलादेशकी मोर्जिना अख्तरलाई पराजित गरिन् । निमाले १८ दशमलब १९ अंक ल्याउन सफल भएकी हुन् । दोश्रो स्थानकी अख्तरले मात्र १६ दशमलब तीन अंक हात पारिन् ।
निमाको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ३० पुगेको छ ।

Click to comment

Trending