१३औं दक्षिण एसियाली खेलकुद

ज्ञानेन्द्रको शतकमा भुटान बिरुद्ध नेपालको विशाल योगफल 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भुटानलाई २३७ रनको विशाल योगफल बनाएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनायो ।
यससँगै कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्टिय क्रिकेटमा नेपालका लागि शतक प्रहार गर्ने दोश्रो खेलाडी बनेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत भुटानबिरुद्धको खेलमा ज्ञानेन्द्रले शतक प्रहार गरेका हुन् । पुर्व कप्तान पारस खड्का नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
उनले गत अक्टोबरमा सिँगापुरमा भएको ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोलीबिरुद्ध ३९ बलमै शतक ठोकेका थिए । ज्ञानेन्द्रले ५३ बलमा शतक पुरा गरेका हुन् । यस क्रममा उनले ९ छक्का चौका र पाँच चौका प्रहार गरेका थिए ।
ज्ञानेन्द्रले २६ बलमा अद्र्धशतक पुरा गरेका थिए । उनले पारससँग मिलेर ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि किर्तिमानी ओपनिङ्ग साझेदारी पनि गरेका थिए ।
त्रिवि क्रिकेट मैदानमा भुटानले टस जितेर पहिले फिल्डिङ्ग गर्ने निर्णय लिएपछि पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए । यसअघि ज्ञानेन्द्र र प्रदिप ऐरिले नेपालका लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।
उनीहरुले जुलाईमा सिँगापुरमा भएको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप क्वालिफायर एसियामा मलेसियाबिरुद्ध उक्त किर्तिमान राखेका थिए । २८ बलमा ५७ रन बनाई आउट भएका पारसले २२ बलमै अद्र्धशतक पुरा गरेका थिए । उनले ९ चौका र एक छक्का प्रहार गरेका थिए ।
ज्ञानेन्द्रले दिपेन्द्र सिँह ऐरिसँग पनि ८० रनको साझेदारी गरेका थिए । उनले ५५ बलमा १ सय ७ रन बनाए । नेपालले १८ ओभरमा २ सय १९ रन बनाएको छ । पारस २८ बलमा ५७ बनाएर आउट भए भने दिपेन्द्र २७ बलमा ४५ रन बनाएर अविजित रहे ।

Click to comment

Trending