Trending

माउरिन्होलाई झट्का, लिभरपुलको जित कायम

Published

on

होजे माउरिन्होको टोटेन्ह्याम हट्स्पर सम्हालेपछिको बिजय यात्रामा पूर्णबिराम लागेको छ ।

माउरिन्होको बिजय यात्रााम उनले यसअघि सम्हालेको क्लब म्यन्चेस्टर युनाइटेडले पूर्णबिराम लगाएको हो । ओल्ड ट्राफोडमा भएको खेलमा युनाइटेडले टोटन्ह्यमलाई २–१ गोल अन्तरले पराजित ग¥यो । युनाइटेडका लागि मार्कस रास्फोर्डले २ गोल गरे भने टोटन्ह्यामका लागि डेलि अलिले गोल गरे ।

माउरिन्होको आगमनपछि टोटेन्ह्यामले लगातार तीन खेल जितेको थियो । त्यसमध्येको एक जितले उसको लागि च्याम्पियन्स लिगको अन्तिम १६ सम्म पनि बाटो बनाएको थियो ।

अर्को खेलमा भने लिभरपुलले मर्सीसाइड डर्बीमा एभट्र्नलाई ५–२ को ले हरायो । शिर्ष स्थानमा रहेको लिभरपुलका लागि डिभोक ओरिगीले २ गोल गर्नु साथै सादिओ मानेले २ असिस्ट गरेका थिए ।

यस्तै अन्य खेलहरुमा लाम्पर्डले आफ्नो पुर्ब चेल्सी टिममेट जोन टेरिको टिम एस्टन भिल्लालाई २–१ ले परजित गर्दा मेसन माउन्ट नयाक बने । अरु खेलहरुमा भने वुल्भ्सले वेस्ट ह्यम र साउथाम्प्टनले नर्विचलाई हरायो ।

Click to comment

Trending