१३औं दक्षिण एसियाली खेलकुद

घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा डेब्यु गर्दै नेपाल 

Published

on

पहिलो पटक ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय मान्यता पाएको पाँच बर्ष भन्दा बढी समय पछि नेपालले पहिलो पटक आफ्नै घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेल्दै छ ।
नेपालले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा भुटान बिरुद्ध खेलबाट नेपालले घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रियमा डेब्यु गर्न गरेको हो । खेल नेपाली समय अनुसार बिहान ९:०० बजे शुरु हुनेछ ।
सन् २०१३ मा आयोजना भएको एसीसी ट्वान्टी ट्वान्टी ट्रफी पछाडी नेपालले पहिलो पटक अन्तरास्ट्रिय टोलीको सहभागितामा २० ओभरको खेल आयोजना गरेको हो । पहिलो खेलमा नेपालले श्रीलंकासँग छ बर्ष पछि घरेलु मैदानमा ट्वान्टी ट्वान्टी खेल खेलेको हो । उक्त खेलमा नेपालले छ विकेटको हारको सामना गरेको थियो ।
नेपालले हाल सम्म २८ वटा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेलेको छ भने २९औं खेल नेपालमा नै खेल्न लागेको हो ।

Click to comment

Trending