१३औं दक्षिण एसियाली खेलकुद

अन्त्यमा सम्हाल्लिन नसक्दा अंक बाँड्न बाध्य नेपाल

Published

on

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत श्रीलंकासँगको खेलको अन्त्य तिर सम्हाल्लिन नसक्दा नेपाल बराबरी खेल्न बाध्य भएको छ ।
खेलको ९० मिनेट सम्म १-० को अग्रता लिएको नेपाल दोश्रो हाफको इन्जुरी समयमा गोल खाँदा १-१ को बराबरी खेल्यो र श्रीलंकासँग अंक पनि बाँड्यो । खेलको ९१औं मिनेटमा नेपाली टोलीले गरेको फलका कारण फ्रि-किक पाएको श्रीलंकाले त्यसको सदुपयोग गर्दै गोल गर्यो र एक अंक जोड्न सफल भयो ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेल पछि नेपालको दुई खेलमा चार अंक रहेको छ भने समान खेलमा भुटानको तीन अंक छ । माल्दिभ्स र श्रीलंकाको २-२ तथा बंगलादेशको एक अंक रहेको छ ।

Click to comment

Trending