१३औं दक्षिण एसियाली खेलकुद

सक्षमले दिलाए नेपाललाई साग इतिहासमा एक सयौं स्वर्ण

Published

on

सक्षम कार्कीले नेपालको लागि दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक एक सयौं स्वर्ण पदक जितेका छन् ।

तेक्वान्दोका लागि दिनको दोश्रो स्वर्ण जित्ने क्रममा सक्षमले पुरुष ८७ केजी माथिको तौल समुहमा बाजी मारे । उनले फाइनलमा पाकिस्तानका वकार अलि शाहलाई २७–९ को फराकिलो अन्तरले पराजित गरेका हुन् ।

सेमिफाइनलमा श्रीलंकाका सिया बालापितियागेलाई हराएका थिए । जारी १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले २९ स्वर्ण जितिसकेको छ । १२ औं सागमा मात्र तीन स्वर्ण जितको नेपालको नाममा यसअघि ७१ स्वणं रहेको थियो ।

तेक्वान्दोमै नेपालका लागि महिला ६२ केजी मुनि सँगिता बस्यालले बुधबार स्वर्ण पदक जितेकी थिइन् । नेपालले आज साइक्लिङ्गमा पनि दुई स्वर्ण जितिसकेको छ भने अर्को एक–एक स्वर्ण कराते र उसुमा जितेको थियो ।

सागमा स्वर्ण जित्ने अहिलेसम्मका खेलाडी र टिमहरुः

सन् १९८४
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. दलबहादुर रानामगर, बक्सिङ
३. पुष्कर शाही, बक्सिङ
४. पुरुष फुटबल टिम
सन् १९८५
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
सन् १९८७
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. स्वर्गीय दलबहादुर रानमगर, बक्सिङ
सन् १९८९
१. चित्रबहादुर गुरुङ, बक्सिङ
सन् १९९१
१. गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर,  टेबलटेनिस
२. अनिता श्रेष्ठ, सुटिङ
सन् १९९३
१. पुरुष फुटबल टिम
सन् १९९५
१. टिका बोगटी, एथ्लेटिक्स
२. रमेश बस्नेत, जुडो
३. विरबहादुर राना, जुडो
४. जितबहदुर चौधरी, जुडो
सन् १९९९
१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्ऽ थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते
११. गंगाराम महर्जन (सिंगल काता), कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता (महिला), कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो
सन् २००४
१. दीपक श्रेष्ठ, कराँते
२. संगिना बैद्य,तेक्वान्दो
३. रूपा सयाङदेन, तेक्वान्दो
४. दीपक विष्ट, तेक्वान्दो
५. निर्मल श्रेष्ठ, तेक्वान्दो
६. रेनुका रानामगर, तेक्वान्दो
७. निरञ्जन श्रेष्ठ, तेक्वान्दो
सन् २००६
१. कमलबहादुर अधिकारी, भारोत्तोलन
२. विना लामा खड्का, उसु
३. राजकुमार रसाइली, उसु
४. सुलोचना सिज्वाखा, कराँते
५. कुशल श्रेष्ठ, कराँते
६. मनिता शाही, तेक्वान्दो
७ दीपक विष्ठ, तेक्वान्दो

सन् २०१०
१. दीपक विष्ट, तेक्वान्दो
२. आयशा शाक्य, तेक्वान्दो
३. विनिता महर्जन, उसु
४. आङबाबु लामा, उसु
५. सुनिल लामा, कराँते
६. विनोद शाक्य, कराँते
७. गंगा अधिकारी, कराँते
८. राजेन्द्र भण्डारी, एथलेटिक्स
सन् २०१६
१ पुरुष फुटबल टिम
२. निमा घर्तिमगर, उसु
३. फुपु ल्हामु खत्री, जुडो
१३ औं दक्षिण एसियायली खेलकुद
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०. कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. सँगिता बस्याल (तेक्वान्दो)
२९. सक्षम कार्की (तेक्वान्दो)

Click to comment

Trending