अन्तर्राष्ट्रिय

कोहली टेस्ट वरीयताको शीर्ष स्थानमा 

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहली टेस्टमा ब्याट्सम्यानहरुको वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । दोश्रो स्थानमा रहेका कोहली पहिलो स्थानमा उक्लिएका हुन् ।   

भारतमा जारी बंगलादेश बिरुद्धको टेस्टको पहिलो खेलमा शुन्य रनमा आउट भएका कोहलीले दोश्रो खेलमा १३६ रन बनाएका कोहली पहिलो स्थानमा रहेका स्टिभ स्मिथलाई पछि पार्दै पहिलो स्थानमा उक्लिन सफल भएका हुन् । पहिलो स्थानमा रहेका कोहलीको ९२८ रेटिंङ प्वाइन्ट छ भने दोश्रो स्थानका स्मिथको ९२३ प्वाइन्ट छ । स्मिथ भने पाकिस्तानसँग जारी टेस्टको दुई पारीमा चार र ३६ रन प्रहार गरे पछि वरीयतामा खस्किएका हुन् ।  

टेस्ट वरीयताको १०औं स्थान सम्म क्रमसः केन विलियमसन, चेतेश्वर पुजारा, डेभिड वार्नर, अजिंक्य रहाने, जो रुट, मामस लबुसान, हेनरी निकोल्स र डिमुथ करुणारत्ने रहेका छन् ।  

Click to comment

Trending