१३औं दक्षिण एसियाली खेलकुद

फुटबलमा नेपालले श्रीलंकाको सामना गर्दै 

Published

on

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा भुटान बिरुद्ध सानदार जीत दर्ता गराएको नेपालले आफ्नो दोश्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ५:०० शुरु हुनेछ ।
सन् २०१५ को महाभुकम्प पछि नेपालले पहिलो पटक फ्लड लाइटमा खेल खेल्न लागेको हो । चार वर्ष दशरथ रंगशालामा कुनै पनि खेल हुन सकेको थिएन ।
साग फुटबलको साबिक बिजेता नेपालले हिजो भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालको जीतमा कप्तान सुजल श्रेष्ठले दुई तथा अविशेक रिजाल र मिक्चेन तामांगले समान १-१ गोल गरेका थिए ।
खेल शुरु भएको पाँचौं मिनेटमा नेपालले पहिलो गोल गरेको थियो भने त्यस पछि पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-० मा सकिएको थियो । दोश्रो हाफमा नेपालले तीन गोल थप्न सकेपछि नेपालले ४-० ले जीतेको थियो ।
श्रीलंकाले पनि यस अघि एक खेल खेलेको छ भने जीत निकाल्न सकेको छैन । माल्दिभ्ससँगको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

Click to comment

Trending