१३औं दक्षिण एसियाली खेलकुद

साग भलिबलः अन्तिम समयमा चुक्यो महिला टोली

Published

on

आफ्नो भलिबल इतिहासमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको नेपाली महिला टोली दक्षिण एसियाली खेलकुदको स्वर्ण पदकका लागि भएको खेलमा भारतबिरुद्ध भने चुक्न पुगेको छ ।

दशरथ रँगशालामा निकै नै रोमाञ्चक फाइनलमा नेपाल ३–२ ले पराजित भयो । यद्दपी नेपाली टोलीले आफ्नो भलिबल इतिहासमै पहिलो पटक भारतलाई सेटमा पराजित भने गर्न सफल भयो ।

पहिलो सेट १७–२५ ले सुम्पिएको नेपाली टोलीले दोश्रो सेटमा राम्रो पुनरागमन गर्दै २५–२३ ले आफ्नो पक्षमा पा¥यो । तेश्रो सेटमा २५–२१ ले बिजयी भएपछि नेपाली दर्शक निकै उत्साहित बनेका थिए । त्यसपछि खेलमा भारतले खेलमा पुनरागमन ग¥यो ।

भारतले चौथो सेट २५–२० ले जित्यो भने अन्तिम सेट १५–६ ले जित्दै आफ्नो नाममा स्वर्ण पदक लेखायो । नेपालले फाइनल प्रवेशपछि पहिलो पटक दक्षिण एसियाली खेलकुद इतिहासमा भलिबलमा रजत पदक जितेको हो ।

Click to comment

Trending