१३औं दक्षिण एसियाली खेलकुद

साग पुरुष फुटबलः भुटान माथि नेपालको फराकिलो जित  

Published

on

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको आफ्नो पहिलो खेलको नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
नेपालको जीतमा कप्तान सुजल श्रेष्ठले दुई गोल गरे भने अभिषेक रिजाल र मिचेन तामांगले समान १-१ गोल गरे ।
दशरथ रंगशालामा जारी खेलमा नेपालले कप्तान सुजल श्रेष्ठको गोलमा अग्रता लिएको हो । खेलको पाँचौं मिनेटमा डि-बक्स नजिकबाट गोल गर्दै सुजलले नेपाललाई अग्रता दिलाएका हुन् । नेपालले पटक पटक मौका पाएता पनि गोल भने निकाल्न सकेको छैन । पहिलो हाफ १-० मा सकियो ।
दोश्रो हाफको शुरुवात देखि पनि आक्रमक देखिएको नेपालले पाँचौ मिनेटमा कप्तान सुजलको गोलमा २-० को अग्रता लियो । त्यस्तै ६२औं मिनेटमा अभिषेकले हेडर गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।
खेलको अन्त्य तिर मिचेन तामांगले फ्रि-किकमा बललाई सिधै जाली चुमाए पछि नेपाल ४-० को फराकिलो जीत निकाल्न सफल भयो ।

Click to comment

Trending