१३औं दक्षिण एसियाली खेलकुद

साग पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित

Published

on

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत श्रीलंकाबिरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पाचौं नम्बरका ब्याट्स्म्यान सम्मु एहसानले आक्रमक ब्याटिङ्ग गरेपछि एक सय ७३ रन बनाउदा पनि नेपाल सजिलै पराजित भएको थियो ।

दिपेन्द्र सिँह ऐरिले अद्र्धशतक प्रहार गरेपछि नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७२ रन बनायो । श्रीलंकाले १९ दशमलव एक ओभरमा मात्र चार विकेटको क्षतिमा जित हात पा¥यो । उसका लागि एहसानले ४४ बलमा ७२ रन बनाए ।

नेपालले खराब फिल्डिङ्गका कारण खेल गुमाउन पुगको थियो । दुई ओभरमा २९ रन खर्चिएका सोमपाल कामी र पवन शर्राफले खेलको महत्वपूर्ण क्षणमा सहज क्याच छोडेका थिए भने विकेटकिपर बिनोद भण्डारीले पनि करण केसीको १९ ओं ओभरमा चौका छोड्न पुगे ।

एहसानले पाँच छक्का र चार चौका प्रहार गरेका थिए । उनले चौथो विकेटका लागि निशान मदुसँकासँग ९१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मदुसँकाले ४२ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए ।

पाथुम निसांकाले १२ बलमा ३० रनको योगदान दिएका थिए । निसंकाले तीन चौका र दुई छक्का प्रहार गरे । यसअघि मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले आक्रमक अर्धशतक प्रहार गर्दे टियु मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपाललाई २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७२ रनसम्म डो¥याएका थिए ।

नेपालको लागि चौथों नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्र सिंह ऐरीले ४४ बलको सामना गर्दै चार चौका र तीन छक्काको मद्धतमा अविजित ७२ रन बनाए । ५१ रनमा तीन विकेट गुमाएको अवस्थामा दिपेन्द्र सिंह ऐरीले चौथों विकेटको लागि भण्डारीसँग ५६ रन र पाँचौं विकेटका लागि पवन सर्राफसँग ६२ रनको शाझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए ।

कामिन्डु मेन्दिसले दुई तथा डुविन्डु तिलकरत्ने र कभिस्का अन्जुलाले समान १(१ विकेट हात पारे ।

Click to comment

Trending