१३औं दक्षिण एसियाली खेलकुद

नेपाललाई उसुमा दुई र डुवाथ्लनमा एक स्वर्ण, कुल स्वर्ण संख्या १९

Published

on

बिजय सिंजाली र सुष्मिता तामाङले १३ औं दक्षिण एसियाली खेलकुदको उसुमा नेपालका लागि स्वर्ण पदक जितेका छन् ।

लगनखेलस्थित आर्मी फिजिकल फिटनेस एण्ड टे«ेनिङ्ग सेन्टरमा भएको पुरुष थाउले चान क्वानमा बिजयले ९ दशमलव ४८ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भए । बङ्गलादेशका मोहम्मद ओमारले दोश्रो स्थान हात पार्ने क्रममा ९ दशमलव ३४ अंक बटुल्यो भने तेश्रो स्थानमा श्रीलंकाका सौम्य कोस्विथाले ९ दशमलव १३ अंक जोडे ।

सुष्मिताले महिला चान क्वानमा ९ दशमलव ४४ अंक बटुलिन् । यस्तै रजत पदक जितेकी श्रीलंकाकी पि वात्सालाले ८ दशमलव ५५ अंक जोडिन् । बङ्गलादेशकी नुर बाहेर बेगमले ७ दशमलव ३३ अंक जोड्दै कास्य पदक लिएकी थिइन् ।

नेपालले हालसम्म १९ स्वर्ण पदक जितिसकेको छ । पोखरामा भएको डुवाथ्लनले हिमाल टमाटाले दिनको तेश्रो स्वर्ण पदक जितेका थिए । नेपालकै लक्ष्मण मल्लले रजत पदक जितेका थिए ।

यस्तै नविन सिञ्जालीले करातेमा पुरुष ६७ केजी मुनि तौल समुहमा स्वर्ण जितेका छन् । करातेले अहिलेसम्म ८ स्वर्ण जितिसकेको छ ।
नेपालले पहिलो दिन नै १५ स्वर्ण पदक जितेको थियो । तेक्वान्दो र करातेमा नेपालले ७–७ स्वर्ण पदक हात पारेको थियो । अर्को स्वर्ण ट्रयाथ्लनको महिला एलिट स्प्रिन्टमा जितेको थियो ।

Click to comment

Trending