Trending

लिभरपुलको जितमा एलिसनलाई रेड कार्ड, चेल्सी पराजित, सिटी राकियो

Published

on

इङ्गलिस प्रिमियर लिगमा ब्राइटनलाई २–१ ले पराजित गर्दै लिभरपुलले शिर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ ।

एन्फिाल्डमा भएको खेलमा भर्जिल भान डाइकले ६ मिनेटको अन्तरमा दुई गरेपछि लिभरपुरलले २–० को अग्रता लिएको थियो । ७६ औं मिनेटमा गोलकिपर एलिसनले पेनाल्टी एरियामा जानाजान बल समात्दै रेड कार्ड खाएपछि ब्राइटनले केही राहतको श्वास फेरेको थियो ।

लेविस डंकले त्यसको तीन मिनेटपछि गोल गर्दै ब्राइटनलाई खेलमा फर्काएपनि बराबरी गोल भने गर्न सकेन । यसअघि ट्रेण्ट एलेक्जेण्डर–आर्नोल्डको एसिस्टमा भान डाइकले दुवै गोल हेडिङ्ग मार्फत गरेका थिए ।

यता म्यानचेस्टर सिटी न्युकासल युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएपछि लिभरपुलले ११ अंकको अग्रता बनाउन सकेको थियो । १४ खेलपछि लिभरपुलको ४० र डिफेण्डिङ्ग च्याम्पियन सिटीको २९ अंक रहेको छ । आइतबारको खेलमा १३ खेल खेलेको लेस्टरले एभर्टनलाई हराएमा उसले लिभरपुलसँगको दुरि ८ अंकमा छोट्याउनेछ ।

अर्को खेलमा आरोन क्रेसवेलले ४८ औं मिनेटमा गोल गरेपछि चेल्सी घरेलु मैदानमै वेष्ट ह्यामसँग १–० ले स्तब्ध हुन पुग्यो । चौथो स्थानको चेल्सीको १४ खेलपछि २६ अंक रहेको छ ।

होजे माउरिन्होले टोटेन्ह्याम प्रवेश गरेपछि लगातार तेश्रो जित आत्मसात गरेका छन् । टोटेन्ह्यामले एएफसि बर्नमाउथलाई ३–२ ले पराजित ग¥यो । माउरिन्होको आगमनपछि टोटेन्ह्याम च्याम्पियन्स लिगको पनि अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

Click to comment

Trending