१३औं दक्षिण एसियाली खेलकुद

साग भलिबलः नेपाली महिला टोली इतिहासमै पहिलो पटक फाइनलमा

Published

on

नेपाली महिला भलिबल टोली इतिहास रच्दै पहिलो पटक दक्षिण एसियाली खेलकुदको फाइनल प्रवेश गरेको छ ।
दशरथ रँगशालास्थित कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा श्रीलंका लाई पराजित गर्दै नेपाली टोली १३ औं संस्करणमा आएर फाइनल प्रवेश गरेको हो । यसअघि नेपाली टोलीको अहिलेसम्म कै उच्च प्रदर्शन कास्य पटक मात्र हो ।
शनिबारको जितपछि नेपालले कम्तिमा पनि रजत पदक आफ्नो नाममा पक्का गरेको छ । घरेलु दर्शकको राम्रै समर्थन पाएको नेपालले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । दोश्रो सेटमा घरेलु टोली २५–१८ ले बिजयी भएपछि २–० को अग्रता लिन सफल भयो ।
प्र्रतिभा मालिको स्पाइकसँगै नेपालले अन्तिम सेट २५–२१ ले जितेको थियो । यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य पदक जितेको थियो ।
तस्बिरहरु : कौशल अधिकारी / विस्पोर्ट्ज़ 
इतिहासकै पहिलो फाइनल खेल्ने क्रममा नेपालले अब चिर प्रतिद्वन्दी तथा स्वर्णको प्रबल दाबेदार भारतको सामना गर्नेछ । शनिबारै सम्पन्न पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१७ ले पराजित गरेको थियो ।
समुह चरणमा नेपाल २५–९, २५–९ र २५–१२ ले हराएको थियो । नेपाली पुरुष टोली भने यसअघि नै पदकको दौडबाट बाहिरिसकेको थियो । पुरुष टोलीले बङ्गलादेश र भारत दुवैसँग पराजय बेहोरेको थियो ।

Click to comment

Trending