१३औं दक्षिण एसियाली खेलकुद

भारत महिला भलिबलको फाइनलमा 

Published

on

भारत नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको फाइनल प्रवेश गरेको छ ।
हालै सम्पन्न सेमीफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाइनल प्रवेस गरेको हो । पहिलो सेट १४-२५ ले जीतेको भारतले दोश्रो सेट ६-२५ ले आफ्नो पक्ष्यमा पार्यो । त्यस्तै अन्तिम सेटमा माल्दिभ्सलाई १७-२५ ले स्तब्ध पार्दै भारत फाइनलमा पुगेको हो ।
भारतले उपाधिका लागि अब हुने नेपाल र श्रीलंका बिचको दोश्रो सेमीफाइनलको बिजेतासँग भिड्ने छ ।
भारतले बंगलादेशलाई ३-० को शोझो सेटमा पराजित गर्दै सेमीमा स्थान बनाएको थियो । भारतले पहिलो सेट २५-८ ले, दोश्रो सेट २५-११ र तेश्रो सेट २५-९ ले पराजित गर्यो । नेपालको नै समुहमा रहेको भारतले नपाललाई ३-० को सोझो सेटमा नै पराजित गरेको थियो ।
नेपालले पहिलो सेटमा भारतलाई राम्रै टक्कर दिएपनि २४–२६ ले नतिजा सुम्पियो । दोश्रो सेट पूर्ण रुपले आफ्नो पक्षमा पारेको भारत २५–१२ ले बिजयी भयो । अन्तिम सेट नेपाल २५–१६ ले हार्न पुग्यो ।

Click to comment

Trending