Trending

पाकिस्तानबिरुद्धको दोश्रो टेस्ट पूर्ण रुपले अष्ट्रेलियाको पकडमा

Published

on

अष्ट्रेलियाबिरुद्धको दोश्रो टेस्टको पहिलो इनिङ्गसमा पाकिस्तान संकटमा परेका छ ।

एडिलेडमा दोश्रो दिन डेविड वार्नरको तेहेरो शतकको मद्दतमा अष्ट्रेलियाले ३ विकेटको क्षतिमा ५८९ रन बनाउदा इनिङ्गस समाप्तिको घोषणा गरेपछि पाकिस्तानले दिनको खेल समाप्ति सम्म ६ विकेटको क्षतिमा मात्र ९६ रन बनाएको छ ।

पाकिस्तानका लागि बाबर आजम ४३ रन बनाएर खेलिरहेका छन् भने उनलाई यासिर शाहले साथ दिइरहेका छन् । तिब्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ्ग गर्दै चार विकेट लिएपछि पाकिस्तानले सस्तैमा ६ विकेट गुमाएको थियो ।

आजमबाहेक अन्य कुनै ब्याट्स्म्यान अष्ट्रेलियाको धारिलो बलिङ्गसामु टिक्न सकेका छैनन् । प्याट कमिन्स र जोस हेजलउडले पनि अष्ट्रेलियाका लागि एक–एक विकेट लिएका छन् । यसअघि वार्नर टेस्ट करिअरकै पहिलो तेहेरो शतक प्रहार गर्दै नटआउट ३३५ रन बनाएका थिए ।

उनले ४१८ बलको सामना गर्दै ३९ चौका र एक छक्का प्रहार गरे । वार्नरले दोश्रो दिनको खेल १ सय ६६ रनबाट शुरु गरेका हुन् । वार्नरले मार्नस लबुसानसँगै दोश्रो विकेटका लागि ३६१ रनको शाझेदारी गरेका थिए ।

तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका लाबुसानले २३८ बलको सामना गर्दै २२ चौकाको मद्धतमा १६२ रन बनाएर आउट भए । उनी पहिलो दिनको खेलको समाप्तीमा १ सय २२ रन बनाए अविजित रहेका थिए ।

बर्षाका कारण ७३ ओभरमात्र सम्भव रहेको पहिलो दिनको खेलमा अष्ट्रेलियाले ३ सय २ रन बनाएको थियो । ब्रिस्बेनमा भएको पहिलो टेस्टमा अष्ट्रेलिया एक इनिङ्गस र पाँच रनले बिजयी भएको थियो ।

आईसिसिले यसै बर्षदेखि शुरु गरेको तीन बर्षे बिश्व टेस्ट च्याम्पियनसिपमा अष्ट्रेलिया अहिले दोश्रो नम्बरमा रहेको छ । अष्ट्रेलियाले खेलेको ६ टेस्टमा तीनमा जित, दुईमा हार र एकमा पराजय बेहोरेको छ । पहिलो स्थानमा रहेको भारतले ७ मध्ये सातवटैमा जित हात पारेको छ ।

Click to comment

Trending