१३औं दक्षिण एसियाली खेलकुद

फाइनल प्रवेसका लागि नेपालले श्रीलंकाको सामना गर्दै 

Published

on

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको फाइनल प्रवेशको लागि नेपाले श्रीलंकाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार साँझ ७:०० शुरु हुनेछ ।
समुह चरणको अन्तिम लिग खेलमा भारतले बंगलादेशलाई पराजित गरेसँगै नेपालले समुहको उपबिजेताका रुपमा सेमीमा स्थान बनाएको हो । त्यस्तै अर्को समुहबाट श्रीलंका समुह बिजेताका रुपमा सेमीमा पुगेको हो ।
हिजोको खेलमा भारतले बंगलादेशलाई ३-० को शोझो सेटमा पराजित गरेको हो । भारतले पहिलो सेट २५-८ ले, दोश्रो सेट २५-११ र तेश्रो सेट २५-९ ले पराजित गर्यो । हार पछि बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ भने भारत समुह बिजेता हुँदै सेमीमा पुगेको हो ।
पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको नेपाल दोश्रो खेलमा भने भारतसँग हारको सामना गर्न पुगेको थियो । 
नेपालले पहिलो सेटमा भारतलाई राम्रै टक्कर दिएपनि २४–२६ ले नतिजा सुम्पियो । दोश्रो सेट पूर्ण रुपले आफ्नो पक्षमा पारेको भारत २५–१२ ले बिजयी भयो । अन्तिम सेट नेपाल २५–१६ ले हार्न पुग्यो । बुधबार सम्पन्न खेलमा नेपालले बङ्गलादेशलाई २५–९, २५–९ र २५–१२ ले हराएको थियो ।
दक्षिण एसियाली खेलकुदको महिला भलिबलमा नेपाली टोली हाल सम्म फाइनल पुग्न सकेको छैन । आज श्रीलंकालाई पराजित गरेमा नेपाली टोलीले इतिहास रच्ने छ ।

Click to comment

Trending