Headline

पाकिस्तान बिरुद्ध अस्ट्रेलियाको बिशाल योगफल 

Published

on

पाकिस्तान बिरुद्धको दोश्रो टेस्टको पहिलो पारीमा अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा ५८९ रनको बिशाल योगफल बनाएको छ । घरेलु टोली अस्ट्रेलियाले डेबिड वार्नरको तेहेरो शतकको मद्धतमा तीन विकेटको नोक्सानीमा ५८९ रन बनाएर आफ्नो पारी सकिएको घोषणा गरेको छ ।
अस्ट्रेलियाको तर्फबाट ओपनर डेविड वार्नरले सर्वाधिक ३३५ रन बनाए । अविजित रहेका उनले ४१८ बलको . सामना गर्दै ३९ चौका र एक छक्का प्रहार गरे । वार्नरले दोश्रो दिनको खेल १ सय ६६ रनबाट शुरु गरेका हुन् ।
डेविड वार्नर र मार्नस लबुसानले दोश्रो विकेटका लागि ३६१ रनको शाझेदारी गरे । तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका लाबुसानले २३८ बलको सामना गर्दै २२ चौकाको मद्धतमा १६२ रन बनाएर आउट भए । उनी पहिलो दिनको खेलको समाप्तीमा १ सय २२ रन बनाए   अविजित रहेका थिए ।
अष्ट्रेलियाले पाकिस्तानबिरुद्धको दोश्रो टेस्टको पहिलो दिन ३ सय २ रन बनाएको थियो ।  
एडिलेडमा भएको डे नाइट टेस्टको पहिलो इनिङ्गसमा तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीले चौथो ओभरमै जो बन्र्सलाई पेभिलियन फकाउदै पाहुना टोलीलाई राम्रो शुरुवात दिलाएका थिए ।
ब्रिस्बेनमा भएको पहिलो टेस्टमा अष्ट्रेलिया एक इनिङ्गस र पाँच रनले बिजयी भएको थियो । आईसिसिले यसै बर्षदेखि शुरु गरेको तीन बर्षे बिश्व टेस्ट च्याम्पियनसिपमा अष्ट्रेलिया अहिले दोश्रो नम्बरमा रहेको छ ।
अष्ट्रेलियाले खेलेको ६ टेस्टमा तीनमा जित, दुईमा हार र एकमा पराजय बेहोरेको छ । पहिलो स्थानमा रहेको भारतले ७ मध्ये सातवटैमा जित हात पारेको छ ।

Click to comment

Trending