Trending

दोश्रो दिनको खेलमा न्युजिल्याण्ड हाबी 

Published

on

इंग्ल्यान्ड बिरुद्धको दोश्रो टेस्टको दोश्रो दिन घरेलु टोली न्युजिल्याण्ड हाबी भएको छ ।
न्युजिल्याण्डले पहिलो पारीमा बनाएको ३७५ रन पक्ष्याएको इंग्ल्यान्डले दोश्रो दिनको खेलको समाप्तीमा ३९ रनमा दुई विकेट गुमाएको छ ।
दोश्रो दिनको खेल सकिँदा ओपनर रोरी बर्न्स ५१ बलमा २४ तथा कप्तान जो रुट २९ बलमा छ रनमा अविजित छन् । त्यस्तै अर्का ओपनर डोम सिब्ले र जो डेन्ली समान ४-४ रन बनाएर आउट भए ।
न्युजिल्याण्डका टिम साउदी र म्याट हेनरीले समान एक एक विकेट लिए ।
हेमिल्टनमा जारी खेलमा टस हारेर पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले पहिलो दिनको खेल समाप्तीमा ५४ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७३ रन बनाएको थियो । वर्षाले प्रभावित भएका कारण पहिलो दिन पुरा ९० ओभरको खेल हुन सकेको थिएन ।
१३ दशमलब छ ओभरमा ओपनर जित रावल (२१ बलमा पाँच रन) र कप्तान केन विलियमसन (२० बलमा चार रन) लाई गुमाएको न्युजिल्याण्डको पारी सम्हाल्ने क्रममा ओपनर टम लाथम र रस टेलरले तेश्रो विकेटका लागि ११६ रनको शाझेदारी गरे ।
पहिलो दिनको खेल सकिँदा लाथम १६४ बल खेल्दै १४ चौकाको मद्धतमा १०१ रनमा अविजित रहेका लाथम १०५ रन बनाएर स्टुवार्ट ब्रोडको शिकार भए ।
त्यस्तै  न्युजिल्याण्डको तर्फबाट सातौं नम्बरमा ब्याटिंग गर्न आएका ड्यार्ल मिचेलले ७३ तथा विकेट किपर ब्याट्सम्यान बिजे वाल्टिंग ५५ रनमा आउट भए भने पहिलो दिन रस टेलर १०० बलको सामान गर्दै आठ चौका प्रहार गरेर ५३ रनमा क्रिस वोक्सको शिकार भएका थिए  ।
इंग्ल्यान्डको तर्फबाट स्टुवार्ट ब्रोडले सर्वाधिक चार विकेट लिए भने क्रिस वोक्सले तीन, श्याम कुर्रानले दुई तथा जोफ्रा आर्चरले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।
दुई टेस्टको शृंखलामा न्युजिल्याण्ड १-० ले अघि छ । माउन्ट मौनगानुईमा भएको पहिलो टेस्टमा न्युजिल्याण्डले इंग्ल्यान्डलाई एक इनिङ्ग्स र ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending