Headline

वार्नर र लबुसानको शतकपछि पाकिस्तान दोश्रो टेस्टमा नीरिह

Published

on

डेविड वार्नर र मार्नस लबुसानले शतक प्रहार गरेपछि अष्ट्रेलियाले पाकिस्तानबिरुद्धको दोश्रो टेस्टको पहिलो दिन ३ सय २ रनको बिशाल योगफल खडा गरेको छ ।

एडिलेडमा भएको डे नाइट टेस्टको पहिलो इनिङ्गसमा तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीले चौथो ओभरमै जो बन्र्सलाई पेभिलियन फकाउदै पाहुना टोलीलाई राम्रो शुरुवात दिलाएका थिए । त्यसपछि वार्नर र लबुसान पूर्ण रपमा हावी हुन पुगे । ।

बर्षाका कारण १७ ओभर गुमेको खेलमा वार्नर र लबुसानले दोश्रो विकेटका लागि नटआउट २ सय ९४ रनको साझेदारी गरिसकेका छन् । २३ औं टेस्ट शतक पूरा गर्ने क्रममा वार्नरले १ सय ६६ रन बनाएका छन् । उनले १९ चौका प्रहार गरेका थिए ।

यस्तै दोश्रो पटक तीन अंकको योगफल छोएका लबुसानले १७ चौकाको मद्दतमा १ सय २२ रन बनाएका छन् । १ सय ८५ रन सर्वाधिक ब्यक्तिगत योगफल रहेको लबुसानको आखा अब करिअरको पहिलो दोहोरो शतकमा केन्द्रित हुनेछ ।

ब्रिस्बेनमा भएको पहिलो टेस्टमा अष्ट्रेलिया एक इनिङ्गस र पाँच रनले बिजयी भएको थियो । आईसिसिले यसै बर्षदेखि शुरु गरेको तीन बर्षे बिश्व टेस्ट च्याम्पियनसिपमा अष्ट्रेलिया अहिले दोश्रो नम्बरमा रहेको छ ।

अष्ट्रेलियाले खेलेको ६ टेस्टमा तीनमा जित, दुईमा हार र एकमा पराजय बेहोरेको छ । पहिलो स्थानमा रहेको भारतले ७ मध्ये सातवटैमा जित हात पारेको छ ।

Click to comment

Trending