१३औं दक्षिण एसियाली खेलकुद

साग भलिबलः नेपाली पुरुष टोलीको मेडल आशा समाप्त

Published

on

भारतसँग सोझो सेटमा पराजित भएपछि नेपाली पुरुष भलिबल टोलीको १३औं दक्षिण एसियाली खेलकुदमा पदक जित्ने आशा समाप्त भएको छ ।

पहिलो खेलमा बङ्गलादेशसँग साँघुरो पराजय बेहोरेपछि दवाबमा रहेको नेपाली टोलीले शुक्रबार भारतलाई हराउनै पर्ने थियो । तर स्वर्ण दाबेदार भारतले नेपाललाई खेल अवधिभर दवाबमै राखि रह्यो ।

दशरथ रँगशालास्थित कभर्ड हलमा पहिलो सेट २५–१५ ले जितेको भारतीय टोलीले दोश्रो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । तेश्रो सेटमा पनि भारतले दबदबा कायमै राख्दै २५–१६ को जित दर्ता ग¥यो ।

नेपाली महिला टोली भने शुक्रबार सेमिफाइनल प्रवेश गरिसेको छ । पहिलो खेलमा बङ्गलादेशलाई हराएको नेपालका लागि भारतले सेमिफाइनलको बाटो बनाइदिएको थियो । बङ्गलादेश आज भारतसँग २५–८, २५–११ र २५–९ ले पराजित हुन पुग्यो ।

Click to comment

Trending