Headline

ए डिभिजन लिग मंगसिर २८ गतेबाट 

Published

on

यस बर्षको शहिद स्मारक ए डिभिजन लिग यहि मंगसिर २८ गतेबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज टाईसिट ड्र गर्दै खेल तालिका सार्वजनिक गर्दै २८ गते देखि शुरु गर्ने जनाएको हो ।
१४ टोली सहभागी हुने लिगको उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब बिचमा हुनेछ । त्यस्तै दोश्रो दिनको पहिलो खेल संकटा र च्यासल तथा दोश्रो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लबका बिचमा हुनेछ ।
पहिलो खेलमा उद्घाटन गर्ने पक्का नभएका कारण एन्फाले पहिलो हफ्ताको कुनै पनि खेललाई उद्घाटन गर्ने पनि जनाएको छ ।
प्रतियोगिताको नियमावली नदिएको भन्दै दिफेंडिंग च्याम्पियन मनाङ मर्स्याङ्दि क्लब, च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले टाईसिट ड्र बहिस्कार गरेका थिए ।

Click to comment

Trending