Headline

खराब नतिजाको श्रंखलापछि आर्सनलद्वारा एमेरि बर्खास्त

Published

on

इङ्गलिस प्रिमियर लिग क्लब आर्सनलले व्यवस्थापक उनाई एमेरिलाई बर्खास्त गरेको छ ।

लगातारको खराब नतिजाको श्रंखलापछि आर्सनलले एमेरिलाई बर्खास्त गरेको हो । आर्सन वेंगरको स्थानमा गत सिजन मात्र एमिरेट्स सम्हालेका एमेरि १८ महिनापछि नै बर्खास्त भएका हुन ।

बिहिबार राति मात्रै आर्सनल युरोपा लिगमा जर्मन क्लब आइन्ट्राट फ्र्यांकफर्टसँग २–१ ले पराजित भएको थियो । बिहिबारको खेल अघि नै लगातार ६ खेलमा आर्सनललाई जित दिलाउन नसकेका एमेरीमाथि यसअघि नै ब्यापक दवाब रहेको थियो ।

पहिलो हाफमा खासै लयमा नदेखिएको फ्र्यांकफर्टबिरुद्ध जितको अपेक्षा राखेका आर्सनल समर्थकहरुले एमेरी आउट (एमेरी बाहिर) लेखेको पोस्टर देखाएका थिए । उनीमाथि क्लबलाई नयाँ रुप दिने बिश्वास व्यवस्थापनले राखेको थियो ।

प्रिमियर लिगमा १३ खेलबाट मात्र चार जित बटुलेको आर्सनल अहिले टप फोरबाट अझै ८ अंक पछाडि रहेका छ । प्रिमियर लिगमा खासै नचल्दा युरोपा लिगले केही राहत दिएपनि उनी प्रिमियर लिगमा जागिर गुमाउने तेश्रो व्यवस्थापक बनेका छन् ।

यसअघि वाट्फर्डका जाभी ग्रासिया र टोटन्ह्यामका माउरिसियो पोचेटिनो आ–आफ्नो क्लबबाट बर्खास्त भएका थिए । उनको स्थानमा केही समयका लागि सहायक व्यवस्थापक र पूर्व मिडफिल्डर फ्रेडी लन्डबर्गले लिनेछन् ।

यसअघि नै उल्भरह्याम्पटनका नुनो इस्पिरिटो सान्टियोलाई आर्सनलले उनको स्थानमा हेरिरहेको थियो ।

Click to comment

Trending