१३औं दक्षिण एसियाली खेलकुद

नेपाली महिला टोली साग भलिबलको सेमीफाइनलमा

Published

on

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमीफाइनल प्रवेश गरेको छ । समुह चरणको अन्तिम लिग खेलमा भारतले बंगलादेशलाई पराजित गरेसँगै नेपालले समुहको उपबिजेताका रुपमा सेमीमा स्थान बनाएको हो ।
आजको खेलमा भारतले बंगलादेशलाई ३-० को शोझो सेटमा पराजित गरेको हो । भारतले पहिलो सेट २५-८ ले, दोश्रो सेट २५-११ र तेश्रो सेट २५-९ ले पराजित गर्यो । हार पछि बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ भने भारत समुह बिजेता हुँदै सेमीमा पुगेको हो ।
नेपालले पहिलो सेटमा भारतलाई राम्रै टक्कर दिएपनि २४–२६ ले नतिजा सुम्पियो । दोश्रो सेट पूर्ण रुपले आफ्नो पक्षमा पारेको भारत २५–१२ ले बिजयी भयो । अन्तिम सेट नेपाल २५–१६ ले हार्न पुग्यो । बुधबार सम्पन्न खेलमा नेपालले बङ्गलादेशलाई २५–९, २५–९ र २५–१२ ले हराएको थियो ।

Click to comment

Trending