१३औं दक्षिण एसियाली खेलकुद

जीत्नै पर्ने खेलमा नेपाल भारतको सामना गर्दै 

Published

on

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष भलिबलमा नेपालले भारतको सामना गर्दैछ । नेपालले सेमीफाइनलमा स्थान बनाउने हो भने आज साँझ ५:०० बजे शुरु हुने खेलमा बलियो भारतलाई पराजित गर्नै पर्ने हुन्छ ।
एक खेल मात्र खेलेको भारत तीन अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । त्यस्तै एक खेल मात्र खेलेको नेपाल भने एक हारका साथ एक अंकका साथमा तेश्रो स्थानमा रहेको छ । बंगलादेश भने दुई खेलमा एक जीत र एक हार निकाल्दै दोश्रो स्थानमा रहेको छ । यस समुहबाट भारत यस अघि नै सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ भने नेपालले आजको खेल जीतेमा सेमीमा प्रवेस पाउने छ ।
नेपाल प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । नेपालले पहिलो र तेश्रो सेट जीतेको थियो भने बाँकीसेट हार्न पुगेको थियो ।
पहिलो सेट २५–२१ ले जितेको नेपालले दोश्रो सेट २३–२५ ले सुम्पेको थियो । तेश्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेपनि चौथो सेटमा भने २४–२६ ले पराजित हुन पुग्यो । अन्तिम सेटमा नेपाल १२–१५ ले पराजित हुन पुग्यो । एक समय ७–१४ ले पछि परेको अन्तिम सेटमा नेपालले जुझारु प्रदर्शन गर्दै १२–१४ सम्म पुराएपनि अन्तिममा भने असफल हुन पुग्यो ।     

Click to comment

Trending