१३औं दक्षिण एसियाली खेलकुद

जीत नजिक पुगेर पनि हार्न पर्यो – जगदिश भट्ट

Published

on

नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले पहिलो सेटमा जीत नजिक पुगेर पनि खेल हार्न परेका कारण दुखी भएको बताएका छन् ।

खेल पछि कुरा गर्दै प्रशिक्षक भट्टले नेपाल जीत नजिक भएको अवस्थामा खेलाडीहरुले प्रेसर फिल गरेका कारण खेल गुमाउन पुगेको बताएका हुन् । पहिलो सेटमा नेपाली टोलीले लिड गर्दै गर्दा पनि खेल ३-० को सोझो सेटमा हार्न पुगेको थियो । पहिलो सेट गुमाए पछि नेपाल खेलमा फर्किन नसकेको पनि भट्टले जनाए ।

दशरथ रँगशालास्थिति कभर्ड हलमा भएको खेलमा एभिसि सेन्ट्रल जोन च्याम्पियनसिप बिजेता नेपालले पहिलो सेटमा भारतलाई राम्रै टक्कर दिएपनि २४–२६ ले नतिजा सुम्पियो । दोश्रो सेट पूर्ण रुपले आफ्नो पक्षमा पारेको भारत २५–१२ ले बिजयी भयो । अन्तिम सेट नेपाल २५–१६ ले हार्न पुग्यो । बुधबार सम्पन्न खेलमा नेपालले बङ्गलादेशलाई २५–९, २५–९ र २५–१२ ले हराएको थियो ।

Click to comment

Trending