Trending

टम लाथमको शतक तथा रस टेलरको अर्धशतकमा घरेलु टोली न्युजिल्याण्डले मध्यम प्रदर्शन

Published

on

इंग्ल्यान्ड बिरुद्धको दोश्रो टेस्टको पहिलो दिन ओपनर टम लाथमको शतक तथा रस टेलरको अर्धशतकको मद्धतमा घरेलु टोली न्युजिल्याण्डले मध्यम प्रदर्शन गरेको छ ।
हेमिल्टनमा जारी खेलमा टस हारेर पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले पहिलो दिनको खेल समाप्तीमा ५४ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७३ रन बनाएको छ । वर्षाले प्रभावित भएका कारण पहिलो दिन पुरा ९० ओभरको खेल हुन सकेन ।
१३ दशमलब छ ओभरमा ओपनर जित रावल (२१ बलमा पाँच रन) र कप्तान केन विलियमसन (२० बलमा चार रन) लाई गुमाएको न्युजिल्याण्डको पारी सम्हाल्ने क्रममा ओपनर टम लाथम र रस टेलरले तेश्रो विकेटका लागि ११६ रनको शाझेदारी गरे । पहिलो दिनको खेल सकिँदा लाथम १६४ बल खेल्दै १४ चौकाको मद्धतमा १०१ रनमा अविजित रहेका छन् भने टेलर १०० बलको सामान गर्दै आठ चौका प्रहार गरेर ५३ रनमा क्रिस वोक्सको शिकार भए ।
इंग्ल्यान्डको तर्फबाट वोक्सले १४ ओभरमा ४१ रन खर्चिएर सर्वाधिक दुई विकेट लिए भने स्टुवार्ट ब्रोडले पनि १४ ओभरमा ३३ रन खर्चिदैं एक विकेट आफ्नो नाममा लेखाए ।
दुई टेस्टको शृंखलामा न्युजिल्याण्ड १-० ले अघि छ । माउन्ट मौनगानुईमा भएको पहिलो टेस्टमा न्युजिल्याण्डले इंग्ल्यान्डलाई एक इनिङ्ग्स र ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

Click to comment

Trending