Trending

अफगानिस्तान वेष्ट इण्डिजबिरुद्धको एक मात्र टेस्टमा तीन दिन मै पराजित

Published

on

वेष्ट इण्डिजले अफगानिस्तानलाई एक मात्र टेस्टमा ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

तेश्रो दिन अफगानिस्तानलाई दोश्रो इनिङ्गसमा १ सय २० रनमै अल आउट गरेपछि मात्र ३३ रनको लक्ष्य पाएको वेष्ट इण्डिजले मात्र एक विकेटको क्षतिमा जित हात पारेको थियो । उसका लागि जोन क्याम्पबेलले नटआउट रहदै १६ बलमा चार चौकाको मद्दतमा १९ रन बनाएका थिए ।

लखनउमा सात विकेटको क्षतिमा १ सय ९ रनबाट दिनको शुरुवात गरेको अफगानिस्तानले बाकी तीन विकेट गुमाउदा मात्र ११ रन जोडेको थियो । वेष्ट इण्डिजका लागि रह्किम कर्नवाल, जेसन होल्डर र रोस्तोन चेजले तीन–तीन विकेट लिएका थिए । दोश्रो दिन पहिलो विकेटका लागि ओपनर इब्राहिम जाद्रान (२३) र जोवेद अह्मादीले अद्र्धशतकीय साझेदारी गरेपनि अफगानिस्तानको इनिङ्गस धराशायी भएको थियो ।

अह्मादीले सर्वाधक ६२ रन बनाएका थिए । ९३ बल खेलेका उनले ११ चौका प्रहार गरेका थिए । वेष्ट इण्डिजले पहिलो इनिङ्गसमा कर्नवालको ७ विकेटको मद्दतमा अफगानिस्तानलाई एक सय ८७ रनमै सिमित पारेपछि २ सय ७७ रन बनाएको थियो ।

कुल १० विकेट लिएका कर्नवाल म्यान अफ द म्याच घोषित भए । १ सय ४० किलोग्रामका कर्नवाल टेस्ट क्रिकेट खेल्ने बिश्वकै मोटा क्रिकेटर पनि हुन् ।

Click to comment

Trending