अन्तर्राष्ट्रिय

युरोपामा पनि हारेपछि आर्सनलका व्यवस्थापक एमेरिको जागिर धरापमा

Published

on

युरोपा लिगमा जर्मन क्लब आइन्ट्राट फ्र्यांकफर्टसँग पराजित भएपछि आर्सनल ब्यवस्थापक उनाइ एमेरीमाथि थप दवाब बढेको छ ।

बिहिबारको खेल अघि नै लगातार ६ खेलमा आर्सनललाई जित दिलाउन नसकेका एमेरीमाथि यसअघि नै ब्यापक दवाब रहेको थियो । दवाब मत्थर बनाउन उनलाई घरेलु मैदानमा जित आवश्यक रहेको थियो तर दाइची कमाडाले दुई गोल गरेपछि आर्सनल २–१ ले पराजित हुन पुग्यो ।

पहिलो हाफमा खासै लयमा नदेखिएको फ्र्यांकफर्टबिरुद्ध जितको अपेक्षा राखेका आर्सनल समर्थकहरुले एमेरी आउट (एमेरी बाहिर) लेखेको पोस्टर देखाएका थिए । समुह एफ अन्तर्गतको अन्तिम लिग खेलमा स्ट्याण्डर्ड लिगबिरुद्ध भारि अन्तरको पराजयबाट जोगिए मात्रै पनि आर्सनल अन्तिम १६ मा भने प्रवेश गर्न सक्नेछ ।

४८ बर्षीय एमेरिले २०१८ मा आर्सन वेंगरको स्थान लिएपछि उनीमाथि क्लबलाई नयाँ रुप दिने बिश्वास व्यवस्थापनले राखेको थियो । प्रिमियर लिगमा १३ खेलबाट मात्र चार जित बटुलेको आर्सनल अहिले टप फोरबाट अझै ८ अंक पछाडि रहेका छ ।

प्रिमियर लिगमा खासै नचल्दा युरोपा लिगले केही राहत दिएको एमेरि बुकिहरुका अनुसार इङ्गल्याण्डमा जागिर गुमाउने अर्का व्यवस्थापक हुनेछन् । उल्भरह्याम्पटनका नुनो इस्पिरिटो सान्टियोलाई क्लबले उनको स्थानमा हेरिरहेको स्थितिमा कहिले सम्म व्यवस्थापनले हारको भार थेगेर बस्ला यो हेर्न बाकी छ ।

Click to comment

Trending