१३औं दक्षिण एसियाली खेलकुद

फ्लड-लाइटमा सागका लागि फुटबल टोलीको तयारी 

Published

on

नेपालमा नै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको लागि नेपाली फुटबल टोलीले कडा अभ्यास गर्दैछ । बालगोपाल महर्जनको प्रशिक्षण र सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले फ्लड-लाइटमा लगातार रुपमा प्रशिक्षण गर्दैछ ।
सन् २०१५ को महाभुकम्पले बिगारेको रंगशाला त्यस पछि समयमा निर्माण हुन नसके पछि प्रयोगमा आउन सकेको थिएन । नेपालमा नै आयोजना हुने १३औं सागका लागि भनेर रंगशाला तयार पारिएको हो । नेपाली टोलीले चार बर्ष पछि रंगशालामा तयारी गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नै खेल तालिका पनि सार्वजनिक गरेको छ। केहि दिन अघि एन्फाले खेल तालिका सार्वजनिक गरेको थियो तर भारतले सहभागिता नजनाउने भए पछि आज नयाँ तालिका सार्वजनिक गरेको हो ।
अब प्रतियोगितामा भारत र पाकिस्तान बाहेक नेपाल, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले सहभागिता जनाउने छन् । आज सार्वजनिक तालिका अनुसार राउण्ड रोबिन आधारमा सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा तथा समुह चरणको पहिलो र दोश्रो हुने टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले आफ्नो पहिलो खेल डिसेम्बर दुई तारिखमा भुटान बिरुद्ध दिउँस १:०० बजे खेल्ने छ । त्यस्तै आफ्नो दोश्रो तथा तेश्रो खेल क्रमश डिसेम्बर चार र छमा श्रीलंका र माल्दिभ्ससँग साँझ ५:०० बजे खेल्ने छ । त्यस्तै नेपालले समुह चरणको आफ्नो चौथों तथा अन्तिम लिग खेलमा साँझ ५:०० बजे बंगलादेशको सामना गर्नेछ ।
नेपाल साग फुटबलको साबिक बिजेता हो । भारतमा सम्पन्न १२औं सागमा नेपालले भारतलाई २-१ पराजित गर्दै स्वर्ण चुमेको थियो ।

Click to comment

Trending