१३औं दक्षिण एसियाली खेलकुद

दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक १००औं स्वर्णको प्रतिक्षामा नेपाल

Published

on

१३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले कति स्वर्ण जित्ला त ? राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले त केही दिनअघि मात्र साग आयोजकले कम्तिमा ५० स्वर्ण जीत्ने दाबी गरेका थिए ।

सदस्य सचिव सिलवालको दाबी पछाडी उनका आफ्नै तर्क होलान् तर नेपाललाई दक्षिण एसियाली खेलकुदमै पनि स्वर्णको लागि निकै संघर्ष गर्न परेको छ ।

सन् १९५१ को एसियाली खेलकुद, १९६४ को ओलम्पिक्स र १९८४ मा नेपालमै आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदपछि नेपालले लामो समयदेखि खेलकुदका महाकुम्भहरुमा आफ्नो उपस्थिति जनाउदै आएको छ ।

एकातिर अन्य देशहरुको ठूला खेलकुदमा सहभागितापछि पदक संख्यासाथै खेलाडीहरुको गुणस्तरमा पनि बृद्धि हुदै गएको छ भने नेपालको हकमा त्यो लागु भएको छैन । तीन बर्ष अगाडी भारतमै भएको १२ औं दक्षिण एसियाली खेलकुदमा नेपाल मात्र तीन स्वर्णसहित घर फर्केको थियो ।

नेपालले अहिलेसम्म एकै दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी ३१ स्वर्ण जितेको छ, जुन आफ्नै भुमिमा भएको प्रतियोगिताको आठौं सस्ंकरण हो । १९९९ मा भएको सागमा नेपालको लागि तेक्वान्दो र करातेले सबैभन्दा स्वर्ण पदक जितेका थिए ।

सन् २०१६ मा भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदको उसुमा स्वर्ण पदक जीते पछि निमा घर्ती मगर । तस्बिर : कौशल अधिकारी / विस्पोर्ट्ज़

एकपटक फेरि सागमा दुवै खेल एकै पटक समावेश गरिएको छ र नेपाललाई त्यो किर्तिमान उछिन्ने अर्को मौका आएको छ । सिलवालको दाबी भन्दा नेपालले २१ स्वर्ण मात्र कम जितेपनि नेपालले दक्षिण एसियाली खेलकुदमा उसले स्वर्णको शतक पुरा गर्नेछ । नेपालले अहिलेसम्म ७१ स्वर्ण जितेको छ ।

नेपालको लागि सागमा सबै भन्दा धेरै स्वर्ण तेक्वान्दोका दिपक विष्टले जीतेका छन् भने एथलेटिक्सका बैकुण्ठ मानन्धरको नाममा तीन स्वर्ण छ ।

सागमा स्वर्ण जित्ने अहिलेसम्मका खेलाडी र टिमहरुः

सन् १९८४
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. दलबहादुर रानामगर, बक्सिङ
३. पुष्कर शाही, बक्सिङ
४. पुरुष फुटबल टिम
सन् १९८५
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
सन् १९८७
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. स्वर्गीय दलबहादुर रानमगर, बक्सिङ
सन् १९८९
१. चित्रबहादुर गुरुङ, बक्सिङ
सन् १९९१
१. गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर,  टेबलटेनिस
२. अनिता श्रेष्ठ, सुटिङ
सन् १९९३
१. पुरुष फुटबल टिम
सन् १९९५
१. टिका बोगटी, एथ्लेटिक्स
२. रमेश बस्नेत, जुडो
३. विरबहादुर राना, जुडो
४. जितबहदुर चौधरी, जुडो
सन् १९९९
१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्ऽ थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते
११. गंगाराम महर्जन (सिंगल काता), कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता (महिला), कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो
सन् २००४
१. दीपक श्रेष्ठ, कराँते
२. संगिना बैद्य,तेक्वान्दो
३. रूपा सयाङदेन, तेक्वान्दो
४. दीपक विष्ट, तेक्वान्दो
५. निर्मल श्रेष्ठ, तेक्वान्दो
६. रेनुका रानामगर, तेक्वान्दो
७. निरञ्जन श्रेष्ठ, तेक्वान्दो
सन् २००६
१. कमलबहादुर अधिकारी, भारोत्तोलन
२. विना लामा खड्का, उसु
३. राजकुमार रसाइली, उसु
४. सुलोचना सिज्वाखा, कराँते
५. कुशल श्रेष्ठ, कराँते
६. मनिता शाही, तेक्वान्दो
७ दीपक विष्ठ, तेक्वान्दो

सन् २०१०
१. दीपक विष्ट, तेक्वान्दो
२. आयशा शाक्य, तेक्वान्दो
३. विनिता महर्जन, उसु
४. आङबाबु लामा, उसु
५. सुनिल लामा, कराँते
६. विनोद शाक्य, कराँते
७. गंगा अधिकारी, कराँते
८. राजेन्द्र भण्डारी, एथलेटिक्स
सन् २०१६
१ पुरुष फुटबल टिम
२. निमा घर्तिमगर, उसु
३. फुपु ल्हामु खत्री, जुडो

Click to comment

Trending